महानगरपालिकाले दियो साझा यातायातलाई ८ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महानगरपालिकाले दियो साझा यातायातलाई ८ करोड



काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातलाई ८ करोड रुपैयाँ बराबरको चेक प्रदान गरेको छ । आइतवार महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले साझाका कायममुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेलाई सो चेक हस्तान्तरण गरेका हुन् ।

यससँगै साझाले बस खरीदका लागि प्रक्रिया शुरु गर्ने साझाका कामु अधिकृत पाण्डेले बताए । ‘अव छिटै औपचारिक कार्यक्रम गरी महानगरलाई सेयरको प्रमाणपत्र हस्तान्तरण गर्नेछौं ,’ उनले भने ‘त्यसलगतै १ हप्ताभित्र एलसी खोलिने छ ।’
साझाले बस खरीदका लागि ग्लोवल टेन्डर आवह्वान गरिसकेको छ । जसमा भारतीय अशोक लेलेण्ड छनौट भएको छ । भारतीय कम्पनीले साझालाई ३० ओटा बस उपलब्ध गराउने छ ।
काठमाडौं महानगरपालिकालाई साझाले पहिलो चरणमा २ लाख कित्ता शेयर हस्तान्तरण गरेको थियो । महानगरको यातायात व्यवस्थित बनाउन ठूला बस सञ्चालन गर्न ती दुई निकायबिच यसअघि भएको समझदारीअनुसार शेयर हस्तान्तरण भएको हो ।

साझाले प्रति कित्ता सय रुपैयाँका दरले २ करोड रुपैयाँको २ लाख कित्ता सेयरको प्रमाण पत्र महानगरलाई हस्तान्तरण गरेको हो । महानगर र साझाको शहरी यातायात सञ्चालन सम्बन्धी सम्झौतामा शुरुमा महानगरले २ करोड रुपैयाँ उपलब्ध गराउने, त्यसपछि साझाले बस खरीदका लागि काम थालनी गर्ने, बस खरीद प्रक्रिया अघि बढेपछि बाँकी ८ करोड रुपैयाँ साझालाई उपलब्ध गराउने उल्लेख छ ।

यसरी उपलब्ध गराइएको रकम बराबरको शेयर साझाले महानगरलाई उपलब्ध गराउने छ ।

साझा यातायातले ल्याउन लागेको बसमा । त्यस्तै सो बसमा २ ओटा ढोका हुने छ । तर नयाँ ल्याइने बसको ढोका हालको साझा यातायातको भन्दा फराकिलो हुने पाण्डेले जानकारी दिए । त्यस्तै नयाँ बस अपांगमैत्ती हुने छ । बसमा ह्वीलचियरको मदतबाट चढ्न तथा झर्न सकिने बताइएको छ । हाल साझाले उपत्यकामा १६ ओटा बस सञ्चालन गरिरहेको छ । थप ३० बस ल्याएसँगै उपत्यकामा साझाका ४६ बस हुनेछन् ।

प्रकाशित : २८ चैत्र २०७२, आईतवार १४:२७