साधना लघुवित्तको आईपीओ आज बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साधना लघुवित्तको आईपीओ आज बाँडफाँट हुने



काठमाडौं । साधना लघुवित्तको आईपीओ सोमवार आज बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ हिजो प्रि–अलोटमेण्ट गरिएको थियो । साझ ५ बजे आईपीओ बाँडफाँटको तयारी गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँट कार्यक्रम तय भएको छ ।

साधना लघुवित्तले असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गरेको हो ।

जसमध्य १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

प्रकाशित : २९ असार २०७७, सोमबार १५:०२