ललितपुर मलले न्यू इयर मेला आयोजना गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ललितपुर मलले न्यू इयर मेला आयोजना गर्दै



काठमाडौ । ललितपुर मलले नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि मेलाको आयोजना गर्न लागेको छ । मलले ग्राहकहरुको रुचीलाई ध्यानमा दिएर छुटै छुट र उपहारको वर्षा सहित न्यू ईयर मेला २०७३ को आयोजना गर्न लागेको हो । मेला वैशाख १० गतेसम्म चल्ने छ ।

मलमा प्रत्येक सामग्री खरीदमा हात खाली नहुनेगरी छुट राखिएको ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले बताए । हरेक प्रकारका सामाग्रीको खरिदमा ४० प्रतिशतसम्मको छुट तथा सो अवधिभर मलमा आउने ग्राहकहरुले ३ वटा स्मार्टफोन जित्न सक्ने जानकारी दिए । कुपनको आधारमा दैनिक तीन जनाले लक्की ड्रमार्फत उपहार जित्न सक्नेछन् ।

त्यसैगरी मलमा नै रहेको ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालनमा रहेको र सूपथ मूल्यमा ब्राण्डेड स्मार्टफोनहरु मात्र बिक्री गरिरहेको बताए । मलले आयोजना गर्ने मेलासँगगै सबैभन्दा ठूलो मेलाको रुपमा मोबाइल एक्सपो पनि शुरु भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

मलले नयाँ वर्षको अवसरमा मोबाइल एक्स्पो, फुड फेस्टिभल, फेसन वेयर एक्स्पो, म्यूजिकल कन्सर्टलगायतका कार्यक्रम आयोजना गर्दैछ । मेलाको अवसरमा गरिने मोबाइल एक्सपोको अवसरमा हरेक मोबाइलको खरिदमा ४० प्रतिशतसम्मको छुट दिइनेछ । त्यस्तै विभिन्न एसेसरिजको खरिदमा, फोन रिपेयर, फोन एक्सचेन्जमा पनि विशेष छुट राखिएको बताइएको छ ।

मेलामा हरेक ब्राण्डको मोबाइल खरिदमा स्टीकर, सेल्फी स्टिक, कप, ब्लूटूथ स्पीकर, मोबाइल कभर, ब्याग, एरुनको पावरब्यांक लगायतका उपहार राखिएको छ । त्यसैगरी मेलाको अवधिभर ललितपुर मलमा कुनै पनि सामाग्री खरिद गर्न आउने एस. एस. सी. दिएर बसेका विद्यार्थीहरुको लागि विशेष छुट दिईनेछ । मेलामा विभिन्न मुलुकहरुका खानाका भेराईटिहरु राखिनेछन् ।

फुट फेस्टिभल अन्तरगत नेपाली खाना, नेवारी खाना, चाईनिज फूड, कन्टिनेन्टल फूड आईटमहरु खानाका पारखिहरुलाई पस्किनेछ । त्यसैगरी ललितपुर मलमा रहेको कलर प्लस कस्मेटिकले नयाँ वर्षको हषोल्लासपूर्ण अवसरमा ट्याग एण्ड वीन कन्टेस्ट ल्याएको छ ।

यो कन्टेस्ट अन्र्तगत कसैले पनि डब्लुडब्लुडब्लु डट फेसबुक डट कम स्ल्यास कलरप्लस कस्मेटिकमा गई आफ्नो फोटो कुनै कस्मेटिक सामानसँग सेल्फी लिई पोस्ट गर्न सक्नेछ । जसमध्ये पहिले पोस्ट गर्ने १०० जना र ५० अन्य लक्की पोस्टरले कलरप्लस न्यू ईयर भौचर प्राप्त गर्नेछन् ।

प्रकाशित : २८ चैत्र २०७२, आईतवार १६:२९