‘गोर्खाज फाइनान्स’को एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘गोर्खाज फाइनान्स’को एकीकृत कारोबार



Bankकाठमाडौं । गोर्खा डेभलपमेन्ट बैंक काठमाडौं फाइनान्ससँग गाभिएर ‘गोर्खाज फाइनान्स’ बनेको छ । आइतबारदेखि दुबै संस्था ‘मर्ज’ भइ एकीकृत कारोबार सुरु भएको हो । २०६७ सालमा नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको बैंकको व्यवस्थापन पनि केन्द्रीय बैंकले सम्हालेको थियो ।

काठमाडौं फाइनान्ससँग मर्जर सम्पन्न भएसँगै राष्ट्र बैंकको व्यवस्थापन समूह पनि फर्किएको छ । आइतबार राजधानीमा औपचारिक कार्यक्रम गरी गोर्खाज् फाइनान्सको एकीकृत कारोबार सुरु गरेको जानकारी गराइएको हो । एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे । बैंकिङ इतिहासमा विकास बैंक फाइनान्समा झरेको यो नै पहिलो घटना हो ।

प्रकाशित : २८ चैत्र २०७२, आईतवार १६:३७