सानिमा बैंकको शाखा नयाँ बजारमा,संख्या ३८ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकको शाखा नयाँ बजारमा,संख्या ३८ पुग्यो



sanima-bank(2)काठमाडौं । सानिमा बैंकले काठमाडौंको सोह्रखुट्टे नयाँबजारमा शाखा विस्तार गरेको छ । यो सँगै बैंकका शाखा संख्या ३८ पुगेका छन् ।

शाखाको सानिमाका ब्रान्ड एम्बास्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे । बैंकका सञ्चालक भरतबहादुर थापाले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने बताए ।

थापाले आगामी दिनमा पनि बैंकले ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जाहेर गरे । बैंकले देशभर शाखा विस्तार गरी सेवा प्रदान गर्ने योजना बनाएको छ ।

बैंकको २०७१ आसार मसान्तसम्म निस्कृय कर्जा ०.०२ प्रतिशत, पूँजीकोष १२.५५ प्रतिशत, खुद तरलता २६.७१ प्रतिशत र रियल स्टेट कर्जा ४.५६ प्रतिशत रहेको छ ।

प्रकाशित : १८ जेष्ठ २०७२, सोमबार १०:४४