नेपाल इन्भेस्टमेन्टको एफपीओमा साना लगानीकर्तालाई फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेस्टमेन्टको एफपीओमा साना लगानीकर्तालाई फाइदा



fpoकाठमाडौं । नेपाल इन्भेस्टमेन्टको एफपीओमा साना लगानीकर्ताले ३२ प्रतिशत र ठूलालाई ८.५ प्रतिशत पर्ने निश्चित भएको छ । सेयर बाँडफाँटको मोडेलसमेत तयार भइसकेको छ । चैत ३० गते मंगलबार सेयर बाँडफाँट हुने नागरिक लगानी कोषले जानकारी दिएको छ ।
नगरिक लगानी कोषका  अनुसार चैत ३० मा सेयर बाँडफाँट हुने निश्चित भएको छ । काेषाका अनुसार सानाले ८.५ र ठूलाले ३२ प्रतिशत सेयर पाउनेछन् ।
सेयर पर्ने प्रतिशतका आधारमा साना लगानीकर्तालाई राम्रै फाइदा हुने देखिएको छ । ८० कित्ताका लागि ४८ हजार रूपैयाँ लगानी गरेकाले औसतमा २६ कित्ता सेयर पर्ने देखिएको छ । बैंकले प्रतिसेयर ६०१ रुपैयाँमा प्रिमियमा सेयर निष्कासन गरेको थियो ।
एफपीओ बाँडफाँटपछिको अवस्थामा बैंकको वित्तीय अवस्था निकै मजबुत देखिने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंक एक अर्ब ७८ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । दोस्रो त्रैमासिक रिपोर्ट अनुसार एफपीओ अघि बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड थियो । बैंकले ६०१ रूपैयाँमा एफपीओ जारी गरेको थियो ।  एफपीओपछि चुक्ता पुँजी भन्दा बैंकको जगेडा कोषमा बढी रकम हुनेछ । यसबाट बैंक निकै सबल रहेको बुझ्न सकिन्छ ।
बैंकले गत फागुन ११ देखि १४ गतेसम्म एफपीओ जारी गरेको थियो । कुल ९० लाख ६९ हजार तीन सय ८८ कित्ता एफपीओ निष्कासन भएको हो । पुँजी बजारका लगानीकर्तामाझ यो सेयर लोकप्रिय हुने अनुमान छ । प्रतिस्पर्धी बैंकमा पनि एनआइबी सबैभन्दा सशक्त बैंकका रूपमा खडा हुँदैछ ।

प्रकाशित : २८ चैत्र २०७२, आईतवार १६:४७