वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने



bidesh-400x250काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेका बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैँले काममा मन्जुरी जनाउँदै सनाखत गर्नु पर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीमा जाने महिला श्रम स्वीकृति जारी गर्ने कार्यालयमा उपस्थित भएरै सनाखत गर्नुपर्ने व्यवस्था गरिएको आजको नागरिक दैनिकमा समाचार छ ।

वैदेशिक रोजगारीमा जाने युवतीलाई काममा दक्ष बनाएर पठाउनु पर्ने आवाज उठिरहेका बेला मन्त्रालयले सम्बन्धित काममा राजीखुसीले जान लागेको भन्दै मेनपावर, श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभाग र महिलाबीच त्रिपक्षीय सनाखत अनिवार्य गरेको हो ।

विभागको काठमाडौं कार्यालयका निर्देशक कृष्णप्रसाद दवाडीका अनुसार क्लिनरको काम भेर श्रम स्वीकृति निकालेका महिलाले घरेलु कामदारको रुपमा काम गरेको पाइएपछि श्रम तथा रोजगार मन्त्रीको निर्देशनमा सनाखत अनिवार्य गरिएको हो ।

हाललाई अदक्ष र अर्धदक्ष कामा गर्न वैदेशिक रोजगारीमा जाने महिलाका लागि सनाखत अनिवार्य गरिएको छ ।

अदक्ष र अर्ध दक्ष काममा लगएका महिलाहरु  जानीबुझीकन घरेलु कामदार बन्न पुगेको खण्डमा त्यसको जिम्मेवारी महिला नै हुने बताइएको छ ।

प्रकाशित : २९ चैत्र २०७२, सोमबार ०३:१९