माछापुच्छ्रे बैंक र जनता बैंक नेपालको मर्जर प्रकृया तोडियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंक र जनता बैंक नेपालको मर्जर प्रकृया तोडियो



काठमाडौं । सात महिना लामो माछापुच्छ्रे बैंक र जनता बैंक नेपालको मर्जर प्रकृया तोडिएको छ ।
आपसमा गाभिने सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर तोडिएको हो । सुरुमा दुबै बैंकबीच माछापुच्छ्रेको एक सेयरको मूल्य १२१ र जनताको ८२ रुपैयाँ हुने गरी सहमति भएको थियो । सहमतिपछि माछापुच्छ्रेले वोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । वोनस सेयरका कारण स्वाप रेसियो अझ घट्ने भन्दै जनता बैंकले असहमति राख्दै आएको थियो ।

janata-bank

तीन महिनाअघिबाटै मर्जर गर्ने बैंकबीच असहमति सुरु भइसकेको थियो । वोनस सेयरका कारण सुरु भएको असहमति स्वाप रेसियोमा कुरा बिग्रिएपछि मर्जर प्रकृया तोडिएको हो । सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकनमा आएको मूल्यमा सहमति गरेर पनि दुबै बैंक मर्जरबाट पछाडि हटेका हुन् ।

प्रकाशित : २९ चैत्र २०७२, सोमबार ०६:१७