एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल बैंकको मर्जरको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल बैंकको मर्जरको तयारी



794181016_1460353883काठमाडौं । सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले सरकारी स्वामित्व कै एनआईडीसी डेभलपमेन्ट बैंक गाभ्ने तयारी थालेको छ । नेपाल बैंकको हालै बसेको संचालक समिति बैठकले एनआईडीसी डेभलपमेन्ट बैंकलाई दुबैलाई मान्य हुनेगरी मर्जर वा एक्विजिशन मार्फत गाभ्ने/गाभिने  सैद्धान्तिक निर्णय गरेको छ ।

नेपाल बैंकको हालै बसेको संचालक समिति बैठकले एनआईडीसी डेभलपमेन्ट बैंकलाई मर्जर वा एक्विजिशन मध्ये दुबैलाई मान्य हुने प्रक्रियाबाट गाभ्ने वा गाभिने प्रक्रियामा जाने सैद्धान्तिक निर्णय गरेको हो । एनआईडीसीले सकारात्मक जवाफ दिएमा चाँडै नै प्रारम्भिक संझौता गरी राष्ट्र बैंकमा निबेदन पेश गर्ने सोचाई रहेको नेपाल बैंक स्रोतले बताएको छ ।

सरकारको ६२ प्रतिशत सेयर स्वामित्व रहेको नेपाल बैंक र ९९ प्रतिशत सेयर स्वामित्व रहेको एनआईडीसीमा र दुबै बैंकको संचालक समितिमा अर्थ मन्त्रालयका अधिकारीहरुकै बाहुल्यता रहेकाले यी दुबै बैंकलाई मर्ज गराउने अर्थ मन्त्रालयको महत्वपूर्ण भूमिका देखिन्छ ।

हाल एनआईडीसीको चुक्ता पूँजी ४१ करोड रहेको छ । र उसका लागि राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड चुक्ता पूँजी कठिन जस्तै देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग मर्जमा जाने चाहनमा पनि सफल नभएको एनआईडीसीलाई केही समय पहिले पुर्वाधार बिकास बैंकमा रुपान्तरण गर्ने भने पनि त्यस अनुसार काम अगाडि बढ्न सकेको छैन्।  त्यसैले बैंकलाई मर्जमा जानुपर्ने बाध्यता जस्तै छ ।

उता जगेडा कोष झण्डै तीन अर्ब रुपैयाँले धनात्मक रहेको एनआईडीसीलाई गाभ्दा नेपाल बैंकलाई पनि आफ्नो जगेडा कोषमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । बैंकको जगेडा कोष वाणिज्य बैंकमा सर्वाधिक बढी १ अर्ब ५४ करोड रुपैयाँले ऋणात्मक छ ।

प्रकाशित : २९ चैत्र २०७२, सोमबार ०६:१९