नेप्सेमा ४ करोड ७ लाख ७९ हजार २ सय ३ कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा ४ करोड ७ लाख ७९ हजार २ सय ३ कित्ता शेयर सूचिकृत



काठमाडौं  । सोमवार नेप्सेमा ४ करोड ७ लाख ७९ हजार २ सय ३ कित्ता शेयर सूचिकृत भएको छन् । नेपाल एक्सप्रेसको ३ लाख ४२  हजार ५ सय ३७ कित्ता, गुडविल फाइनान्स लिमिटेडको ३ लाख ३० हजार ६ सय ५२ कित्ता, गृहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको ३ लाख ८३ हजार ४ सय १ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

napsa

त्यस्तै स्वरोजगार लघुवित्त विकास बैंकको १ लाख ३६ हजार ८ सय कित्ता, एभरेष्ट बैंकको ६० लाख ५२ हजार १ सय ६३ कित्ता, प्राइम कमर्सियल बैंकको ५६ लाख ५२ हजार ९५ कित्ता, हिमालयन बैंकको १ करोड १६ लाख ६४ हजार ४ सय ५० कित्ता, एनआईसी एशियाको १ लाख ३ लाख ६७ हजार ३ सय १० कित्ता नेप्सेमा आज सूचिकृत भएको छ । बागमती डेभलपमेण्टको ७५ हजार कित्ता, मनास्लु विकास बैंकको २ लाख १८ हजार २ सय ९५ कित्ता र मञ्जुश्री फाइनान्सको २ लाख ५६ हजार ५ सय कित्ता बोनश शेयर सूचिकृत भएको छ ।
त्यस्तै सेञ्चुरी कमर्सियल बैंकको ५३ लाख कित्ता हकप्रद शेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित : २९ चैत्र २०७२, सोमबार ११:४८