आशा मारे भुकम्पपिडितले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आशा मारे भुकम्पपिडितले



काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्यांक विभागको नेतृत्वमा इन्जिनियर परिचालन गरी गरिएको सर्वेक्षणले भूकम्पप्रभावित गाउँमा सरकारी अनुदान द नपुग्दै ३० हजार घर गाउँले आफैंले पुनर्निर्माण गरेको देखाएको छ । करिब दुई सय गाविवसको सर्वेक्षणमा देखिएको यो तथ्य सर्वेक्षणको अन्तिम प्रतिवेदन आउँदासम्म अझै बढ्नेछ ।
एक वर्षअगाडि गएको विनाशकारी भूकम्पले भत्काएका दुई लाख जोखिमयुक्त घरमा करिब १० लाख गाउँलेको बसोबास रहेको पनि सर्वेक्षणले देखाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – तथ्यांक विभागको सर्भेमा आइतबारसम्म कैद भएको तथ्यांकमा १२ जिल्लाका ३० हजार दुई सय ९२ घर क्षति भएर भग्नावशेष हटाइ पुनर्निर्माण गरिएको उल्लेख छ ।

प्रकाशित : ३० चैत्र २०७२, मंगलवार ०३:०१