सहकारी बिभागले भन्यो – किस्ता तिर्ने समय ६ महिनासम्म सार्नु, हर्जना र अतिरिक्त शुल्क नलिनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी बिभागले भन्यो – किस्ता तिर्ने समय ६ महिनासम्म सार्नु, हर्जना र अतिरिक्त शुल्क नलिनु



काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई नयाँ निर्देशन जारी गरेको छ । बिभागले १९ को महामारीबाट प्रभावित क्षेत्रलाई लक्षित गर्दै २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको हो ।

विभागले शुक्रबार एक निर्देशन दिदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो ।

तर नियामक निकायको पूर्वस्वीकृति लिएमा ऋणीको ऋण तिर्ने भाखा १ वर्षसम्म सार्न सकिने विभागले जनाएको छ । यसरी थपिएको ऋणको हर्जना तथा कुनै अतिरिक्त शुल्क नलिनसमेत विभागले भनेको छ ।

कोभिड–१९ का कारण संस्थामा जोखिम बढेको भन्दै विभागले २ सदस्यीय जोखिम व्यवस्थापन कार्यदल गठन गरेर काम गर्न समेत सहकारीहरुलाई निर्देशन दिएको छ ।

सहकारीलाई कोभिड १९ को महामारीबाट प्रभावित आर्थिक क्षेत्रलाई पुनर्उत्थान गर्न उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमासहुलियतपूर्ण कर्जा÷पुनर्कर्जा दिन पनि विभागले निर्देशन दिएको छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार १६:५१