आगामी वर्ष पनि दक्षिण एसियाली क्षेत्रको उच्च प्रगति कायमै : विश्व बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आगामी वर्ष पनि दक्षिण एसियाली क्षेत्रको उच्च प्रगति कायमै : विश्व बैंक



adb-finalकाठमाडौ । आगामी वर्ष पनि दक्षिण एसियाली क्षेत्रको उच्च प्रगति कायमै रहने भएको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदनले आगामी वर्ष २०१७ मा यस क्षेत्रको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रतिशत पुग्ने अनुमान गरेको हो ।

यो वर्ष ७ दशमलव १ प्रतिशत रहनेमा अर्को वर्ष वातावरण अनुकूल रहे थप सुधार हुने अनुमान गरिएको हो । यस क्षेत्रमध्ये भारतको बृद्धिदर सबैभन्दा उच्च ७ दशलमव ७ प्रतिशतसम्म रहने विश्व बैंकको प्रक्षेपण  छ ।

भूकम्प र नकाबन्दीका कारण नेपालको यो वर्ष २०१६ को आर्थिक बृद्धिदर १ दशमलव ७ प्रतिशतमा सीमित रहने विश्व बैंकले जनाएको छ । तथापी यो वर्षको अन्त्यसम्ममा अवस्था सामान्य भइ आगामी वर्ष २०१७ मा भने कूल गार्हस्थ्य उत्पादन ५ दशमलव ८ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण छ ।

प्रकाशित : ३० चैत्र २०७२, मंगलवार ०४:२४