म्यानमारमा भूकम्प, नेपाल पनि हल्लायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

म्यानमारमा भूकम्प, नेपाल पनि हल्लायो



earthquacke-54काठमाडौं । भारत–म्यानमार सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का नेपाल सम्म पुगेको छ । नेपाली समयानुसार ७ बजेर ४० मिनेट जाँदा गएको भूकम्पको गहिराई एक सय ३१ किलोमिटर रहेको बताइएको छ । निकै वेर हल्लाएको झट्का काठमाडौं सम्म पुगेको थियो । भूकम्पले भारतको दिल्ली, पट्ना, कोलकाता र पश्चिम बंगालको केही स्थानमा झट्का दिएको भारतीय संचारमाध्ययमले जनाएका छन् । भारतको कोलकातामा भूकम्पको धक्का पछि केही समयका लागि मेट्रो सेवा बन्द भएको छ । नयाँ वर्ष आरम्भकै दिन भूकम्पले हल्लाएपछि काठमाडौं सहित भूकम्प पीडित जिल्लाका स्थानीयहरु घर बाहिर निस्केका थिए ।

प्रकाशित : १ बैशाख २०७३, बुधबार १४:३३