नेप्से१९ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से१९ अंकले बढ्यो



काठमाडौं । बुधवार नेप्से परिसुचक १९ दशमलव १४ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक ९ सय २१ अंकमा पुगेर अडिएको छ ।

नेप्सेमा प्रभाव पार्ने बैंक, बीमा तथा जलविद्युत् समुहको परिसुचक उकालो लागेका छन् । सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय १४ दशमलव ४९ अंकले बढेको छ भने जलविद्युत् समुहको परिसुचक पनि ५३ अंकले बढेको छ । यस्तै, बैंकिङ समुहको परिसुचक पनि २० दशमलव ८३ अंकले उकालो लागेको छ ।

बजारमा विकास बैंक, फाइनान्स र अन्य समुहको परिसुचक पनि उकालो लागेको छ । तर, होटल र उत्पादनमुलक समुहको परिसुचक भने ओरालो लागेको छ ।

दिनभर १ सय १९ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको २७ करोड १७ लाख रुपैयाँ बरावरको ६ लाख २३ हजार कित्ता सेयर कारोवार भएको छ । जसमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको ५ करोड ३७ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रकाशित : २० जेष्ठ २०७२, बुधबार १२:४७