दक्षिण कोरियाली सरकारले कामदारलाई स्वदेश फर्काउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दक्षिण कोरियाली सरकारले कामदारलाई स्वदेश फर्काउने



काठमाडौं । दक्षिण कोरियाली सरकारले भिसा अवधि समाप्त भएर पनि लुकीछिपी बसेका ७० हजार विदेशी कामदारलाई स्वदेश फर्काउने नीति सार्वजनिक गरेको छ ।
सरकारले मार्च ७ देखि आउँदो मे १४ सम्म तीव्र धरपकड गर्ने योजना बनाएको छ । यसका लागि अध्यागमन विभागका कर्मचारीहरुले विभिन्न औद्योगिक क्षेत्रहरुमा छापा मार्ने र बस टर्मिनल तथा ट्रेन स्टेनहरुमा विदेशी कामदारको परिचय पत्र परीक्षण गरिरहेका छन् ।
सरकारले अवैध कामदार पक्राउ गर्न प्रहरीलाई अधिकार प्रदान गरेको छ । अन्य अवस्थामा प्रहरीलाई अवैधानिक कामदार पक्राउ गर्ने अधिकार हुँदैन । आजको कान्तिपुर दैनिकमा खबर छ – धरपकडमा नेपाली पनि परेका छन् । ससान, अन्सान , ओसान र सुवन क्षेत्रबाट नेपाली कामदार पक्राउ परेको खबर आएका छन् । पक्राउ परेका नेपाली कामदारको संख्या यकिन हुन सकेको छैन ।

प्रकाशित : २ बैशाख २०७३, बिहीबार ०३:१९