दुग्ध विकास बोर्ड एमालेको भर्ती केन्द्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुग्ध विकास बोर्ड एमालेको भर्ती केन्द्र



काठमाडौं । दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा कैलासप्रसाद ढुंगेल नियुक्त भएका छन् । उनी रामेछाप जिल्लाका पूर्व जिल्ला विकास सभापति हुन् भने दोस्रो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २का उम्मेदवार बनेका थिए ।

उनी माओवादी उम्मेदवारसँग पराजित भएका हुन् ।नेकपा एमालेका जिल्लास्तरीय नेता ढुंगेललार्इ हालै बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो । बोर्डमा विज्ञलार्इ नियुक्त गरिदै आएको थियो । बाेर्ड पशुपक्षी विकास मन्त्रालय अन्तर्गत पर्छ । यो मन्त्रालयमा एमालेकातर्फबाट शान्ता मानवी मन्त्री छिन् ।  ढुंगेलले विहिवार पदबहाल गरेका छन् । पदबहाल कार्यक्रममा सरोकारवाला निकायहरुलार्इ समेत बोलाइएको थियो ।

उनले दुर्इ साताभित्रै अवधारणापत्र तयार पारेर दुग्ध विकासको क्षेत्रमा लाग्ने प्रतिवद्धता जनाए । उनले दूध उत्पादन बढाएर केही वर्षभित्रै आत्मनिर्भर बनाउन प्रयास थालिने बताए ।सरकारले तीन वर्षभित्रै दूधमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ । बोर्डले यसअघि मिल्क होलिडे हटाउन आफ्नो लगानीमा पाउडर प्लान्ट स्थापना गर्ने योजना समेत तयार पारेको थियो । बोर्ड, दुग्ध विकास संस्थान र निजी क्षेत्रको लगानीमा पाउडर प्लान्ट स्थापना गर्न सरकारलार्इ प्रस्ताव गरेको थियो ।

प्रकाशित : २ बैशाख २०७३, बिहीबार १२:०१