उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको एक मत – जहाँ संक्रमण त्यहाँ सिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको एक मत – जहाँ संक्रमण त्यहाँ सिल



काठमाडौं । काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेका छन् । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् ।

बैठकले टेकु महाबौद्ध एरिया सिल गर्ने निर्णय गरेको छ । पछिल्लो समय बढिरहेको संक्रमणका कारण झन खतरा आउन सक्ने भन्दै बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । उक्त बैठकले तत्काल लकडाउन नगरेपनि संक्रमण बढी देखिएको स्थानमा भने सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति समेत भएको बताइएको छ ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार १६:१४