बागमती पेट्रोलियम डिर्लसमा खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

बागमती पेट्रोलियम डिर्लसमा खड्का



logoकाठमाडौ । बागमती पेट्रोलियम डिर्लस राष्ट्रिय एसोसियसनको अध्यक्षमा अच्युतबहादुर खड्का निर्वाचित भएका छन । एसोसियसनको पाँचौ साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरी, संघको प्रथम उपाध्यक्षमा चन्दन श्रेष्ठ, द्वितिय उपाध्यक्षमा श्याम बुढाथोकि र सचिवमा तिर्थराज गेलाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने उत्तम मानन्धर निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः नीतेश सरिया, लिलेश्वर प्रधान, पुरुषोत्तम रेग्मी, कुमार श्रेष्ठ, कविन्द्र मालि, इश्वर लामा र रामप्रसाद तिमल्सिना निर्वाचित भएका छन ।

प्रकाशित : २ बैशाख २०७३, बिहीबार १४:२३