किन धेरै उजुरी परेन बेपत्ता आयोगमा पहिलो दिन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किन धेरै उजुरी परेन बेपत्ता आयोगमा पहिलो दिन ?



काठमाडौं । बेपत्ता आयोगले उजुरी खोलेको पहिलो दिन नै देशभरबाट १५ वटा उजुरी परेको छ।
आयोगका सचिव महेश शर्मा पौडेलले दिएको जानकारी अनुसार पहिलो दिन बिहीवार ६ वटा जिल्ला र केन्द्रमा गरी १५ वटा उजुरी परेको छ।
आयोगले बिहीवारदेखि द्वन्द्वकालमा भएका बेपत्तासम्बन्धी अपराधमा उजुरी दिन कैही साताअघि नै सम्बन्धित पक्षहरुलाई आश्वान गरेको थियो। नेपाल समाचार पत्र दैनिकमा समाचार छ – आयोगबाट प्राप्त जानकारी अनुसार आयोगको केन्द्रीय कार्यालयमा २ वटा उजुरी परेको छ।
यसैगरी कैलालीमा १, बाँकेमा ४, दोलखामा ३, काभ्रपलान्चोकमा १। कास्कीमा १ र बर्दियामा ३ गरी १५ वटा उजुरी परेको छ। आयोगका सचिव पौडेलले विषयको संवेदनशीलतालाई ध्यानमा राखी कसले र कोविरुद्ध उजुरी दिएका हुन् भन्नेबारेमा हाल गौप्य राखिने जानकारी दिए।

प्रकाशित : ३ बैशाख २०७३, शुक्रबार ०४:११