नेप्से रेकर्डमाथि रेकर्ड राख्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से रेकर्डमाथि रेकर्ड राख्दै



STOCKकाठमाडौं  । साताको पहिलो दिन आईतबार नेप्से परिसुचक ३ दशमलव ६५ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगी १ हजार ४ सय ९ दशमलव ४३ अंकको विन्दुमा कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ७९ अंकले बढेर ३ सय ४ दशमलव ५१ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय १७ वटा कम्पनीहरुको २ हजार ९ सय ६७ वटा कारोबारबाट ६६ करोड १५ लाख ७६ हजार २ सय ७५ रुपैयाँ बराबरको ९ लाख २३ हजार ३ सय १३ कित्ता शेयरहरु कारोबार भएका छन् । बिहिबारको तुलनामा आज कारोबार रकम १० करोड १९ लाख १ हजार १ सय ९५ रुपैयाँले बढेको छ ।

आज कारोबारमा सबै भन्दा बढी स्ट्यान्डर्ड चार्टड बैंकको रहेको छ, जसको ४ करोड ९६ लाख ६१ हजार ७ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी दोस्रो स्थानमा नेपाल बैंकको ३ करोड ८९ लाख ३७ हजार ६ सय ५८ रुपैयाँ, तेस्रो, चौथो र पाचौं स्थानमा रहेको छ, नबिल बैंकको ३ करोड ४९ लाख २६ हजार १ सय ६१ रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको ३ करोड २१ लाख ७३ हजार ४ सय १० रुपैयाँ र सिटिजन्स बैंकको २ करोड ८२ लाख ५२ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शिखर इन्स्योरेन्सको आज सबै भन्दा धेरै १० प्रतिशतले शेयरको मुल्यमा वृद्धि भएको छ । त्यस्तैे मुक्तिनाथ डेभलपमेन्ट बैंकको ८ दशमलव ८८ प्रतिशतले र एनएलजी इन्स्योरेन्सको ७ दशमलव ७३ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

नेपाल दुरसञ्चार कम्पनीकोे लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ६ दशमलव ८५ प्रतिशतले गुमाएका छन् । त्यस्तै राप्तीभेरी विकास बैंकको ४ दशमलव ११ प्रतिशतले र ओरिन्टल होटलको ३ दशमलव ९२ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

आज ९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ७ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज अत्याधिक बढनेमा विमा समुह ६१ दशमलव २ अंकले रहेको छ । त्यस्तै बैंकिंग समुह १३ दशमलव ५६ अंकले, विकास बैंक समुह ७ दशमलव १८ अंकले, जलविद्युत समुह ३ दशमलव ८९ अंकले र फाइनान्स समुह १ दशमलव ४५ अंकले बढेको छ भने अन्य समुह ५७ दशमलव ५६ अंकले र होटल समुह २६ दशमलव ५२ अंकले घटेको छ ।

प्रकाशित : ५ बैशाख २०७३, आईतवार ११:५३