राष्ट्रिय सहकारी बैंकको अबस्था यस्तो छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय सहकारी बैंकको अबस्था यस्तो छ



काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन रकम केही वाणिज्य बैंक र धेरै विकास बैंकहरूकाे भन्दा बढी हाे ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो ।

बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी गरेकाे छ । अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार २०:५२