साउदी अरबसँगको श्रम सम्झौता अलमालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साउदी अरबसँगको श्रम सम्झौता अलमालमा



काठमाडौं । अघिल्लो महिना नै हुने भनिएको साउदी अरबसँगको श्रम सम्झौता अलमालमा परेको छ । साउदी सरकाले नेपालले उठाएका अधिकांश सर्त मान्न मञ्जुर गरे पनि विमाबापतको रकम उपलव्ध गराउन नसकिने जवाफ फर्काएपछि नेपाली अधिकारी दोधारमा परेका हुन् ।
श्रम सम्झौता नभए घरेलु कामदारका रुपमा नेपाली महिला साउदी जान पाउने, नपाउने विषयमा पनि अन्योल पर्नेछ । आजको नागरिक दैनिकमा खबर छ – गत जेठमा ल्याइएको घरेलु कामदार सम्बन्धी निर्देशिकामा श्रम सम्झौता नगरी कुने पनि मुलुकमा घरेलु कामदार पठाउन नपाइने उल्लेख छ ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले साउदी अधिकारी नेपाली पक्षले राखेका तलब बृद्धि लगायतका माग पूरा गर्न सहमत भएपनि मुस्लिम कानुनअनुसार कामदारको मृत्यु वा अंगभंग हुँदा रोजगारदाताले विमाको रकम दिन नसकिने जानकारी गराएपछि श्रम सम्झौता गर्न अन्योल सिर्जना भएको बताए ।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०३:०१