मर्जर तोडेको माछापुच्छ्रे बैङ्कले आफै पूँजी पुर्‍याउने नयाँ घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मर्जर तोडेको माछापुच्छ्रे बैङ्कले आफै पूँजी पुर्‍याउने नयाँ घोषणा



machha123_4_18_2016_11_31_58काठमाडौं । स्वाप रेशियोमा जनता बैङ्कसँग कुरा नमिलेर मर्जर तोडेको माछापुच्छ्रे बैङ्कले आफै पूँजी पुर्‍याउने नयाँ घोषणा गरेको छ । जनता बैङ्कको शेयरको मूल्याङ्कन न्यून गरेको भन्दै दुई बैङ्कबीच विवाद देखिएको थियो । मर्जर तोडिएलगत्तै बैङ्कको गत चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ योजना पारित गरेको हो ।

यस वर्ष १६ प्रतिशत बोनस शेयर घोषणा गरेको बैङ्कले त्यसलगत्तै २ बराबर १ अनुपातमा हकप्रद शेयर दिने भएको छ । यसपछि बैङ्कको चुक्ता पूँजी ५ अर्ब ७९ करोड पुग्नेछ । आगामी वर्ष ११ प्रतिशत बोनस शेयर र ७ बराबर १ अनुपातमा हकप्रद जारी गरेर पूँजी ८ अर्ब पुर्‍याउने बैङ्कको योजना छ । तर, दोस्रोपटक हकप्रद शेयरको विकल्पमा मर्जर वा एक्विजिशन पनि हुने बैङ्कले स्पष्ट पारेको छ ।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०३:०६