६३ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

६३ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुल्यो



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर(आईपीओ)को बिक्री आजदेखि खुला भएको छ । कम्पनीको ६३ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला भएको हो । कम्पनीको भदौ ४ गतेदेखि प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता बिक्रीका लागि खुला भएको हो ।

कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।

उक्त शेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ

प्रकाशित : ४ भाद्र २०७७, बिहीबार ०९:३७