सिटिजन्स बैंकको मुनाफामा ५८ प्रतिशत वृद्धि, « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकको मुनाफामा ५८ प्रतिशत वृद्धि,



काठमाडौं । सिटिजन्स बैंकले चालु आव २०७२र७३ को तेस्रो त्रैमासमा ७२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको भन्दा ५८ दशमलव ४२ प्रतिशतले वृद्धि हो । गत वर्ष सोहि अवधिमा ४५ करोड ७८ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

बैंकले ३ अर्ब ६ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । बैंकले ४४ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको तुलनाभन्दा २७ दशमलव ५१ प्रतिशतले वृद्धि हो । गत वर्षको सोहि अवधिमा ३४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । कर्जामा गत वर्षको तुलना भन्दा ३१ दशमलव ६७ प्रतिशत वृद्धि गरी ३७ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकले व्याज आम्दानीमा २४ दशमलव ६६ प्रतिशत वृद्धि गरी २ अर्ब ४८ करोड २७ लाख रुपैयाँ पुगेको छ भने व्याज खर्चमा २६ दशमलव २६ प्रतिशत वृद्धि गरी १ अर्ब ३२ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद व्याज आम्दानीमा २२ दशमलव ८८ प्रतिशत वृद्धि गरी १ अर्ब १६ करोड १ लाख रुपैयाँ पुर्याएको छ । संचालन मुनाफामा ३३ दशमलव ७३ प्रतिशत वृद्धि गरी ७५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।  बैंकले तेस्रो त्रैमासमा २६ करोड ९२ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । २५ करोड ५२ लाख रुपैयाँ भने खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको निष्र्कय कर्जा १ दशमलव ७८ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ११ दशमलव ७२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३१ दशमलव ५३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १४५ दशमलव ६५ रुपैयाँ रहेको बैंकसँग तरलता अनुपात २२ दशमलव ७४ प्रतिशत रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०८:००