एभरेष्ट बैंकको ‘इण्डो–नेपाल रेमिट्यान्स’ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एभरेष्ट बैंकको ‘इण्डो–नेपाल रेमिट्यान्स’ सेवा



काठमाडाै। विदेशी लगानीमा संचालित नेपालको टप बैंकमध्येको एभरेष्ट बैंक लिमीटेडले भारतबाट पैसा पठाउने त्यहाँस्थित पञ्जाव नेशनल बैंकका शाखामा पुग्नुपर्ने बाध्यता हटाएको छ । बैंकले मोवाइल र इन्टर बैकिङमार्फत नै भारतबाट रेमिट्यान्स भित्र्याउन सकिने नयाँ प्रडक्ट सुरु गरेको हो ।

पञ्जाव नेशनल बैंक एभरेष्ट बैंकको संयुक्त लगानीकर्ता साझेदार रहेको भारतको ठूलो राष्ट्रिय बैंक हो । भारतमा यसका ६ हजार ६ सय ३५ शाखा तथा ८ हजार व्यवसायिक प्रतिनिधि रहेका छन् ।

एभरेष्ट मोबाईल र ईन्टरनेट बैंकिङ सुविधामार्पmत इण्डो–नेपाल रेमिट्यान्स भित्र्याउने पहिलो बैंक भएको छ । यस्तो सजिलो तथा सुलभ रेमिट्यान्स पठाउने माध्यमबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिने बैंकको विश्वास छ ।

हाल एभरेष्ट बैंक लिमिटेडले आफ्नो उच्च व्यवसायिकता तथा दक्षताका साथ देशमा विस्तृत रुपमा फैलिएको आफ्नो आन्तरिक सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको बताएको छ । ट बैंकले आफ्ना ६१ वटा शाखा, ५ वटा एक्स्टेन्सन काउण्टर, २४ वटा राजस्व संकलन काउण्टर र ८४ वटा एटीएमका साथै देश विदेशमा रहेका सयौं प्रतिनिधिहरु मार्फत आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको समेत बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०४:१२