वैशाख ७ गतेदेखि २४ गतेसम्म बैदेशिक रोजगार बचतपत्र-०७८ को बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वैशाख ७ गतेदेखि २४ गतेसम्म बैदेशिक रोजगार बचतपत्र-०७८ को बिक्री खुल्ला



काठमाडौं । नेपाल राष्ट्र बैैंकले यही वैशाख ७ गतेदेखि २४ गतेसम्म बैदेशिक रोजगार बचतपत्र-०७८ को बिक्री खुल्ला गर्ने भएको छ । बैशाख २९ गते बचतपत्रको निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षभित्रै ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो ।

Nepal-Rastra-Bank_Panorama1_20111122085657

यो सरकारी बचतपत्र भएकाले डुब्ने सम्भावना हुँदैन । २०७८ वैशाख २९ गते साँवा भुक्तानी हुने राष्ट्र बैैंकले जनाएको छ ।

बैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी) को नाममा खरिद गर्न सक्नेछन् । यो बचतपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ३/४ प्रतिशत मात्रै व्याज दिइरहेका बेला राष्ट्र बैंकले जारी गर्न लागेको यो बचतपत्रमा लगानी गर्नु फाइदाजनक हुने राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । बचतपत्रमा ९ प्रतिशत व्याज दिने राष्ट्र बैंकले जनाएको छ ।

त्यसरैगरी, ६/६ भहिनामा गरिने व्याज भुक्तानी बचतपत्र खरिदर्ता स्वयंको वा उसले चाहेको व्यक्तिको बैंक खातामै जम्मा हुने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

घटीमा ५ हजार रुपैयाँ र बढीमा कुल निस्कासित रकमको सीमा नबढाई ५ हजारले भाग जाने अंकमा लगानी गर्न सकिने पंगेनीले जानकारी दिए । यसअघि पहिलो चरणमा चैतमा वैदेशिक रोजगार बचतपत्र २०७७ निस्कासन गरिएको थियो। २५ करोड रकमको बचतपत्र निस्कासन गरेकोमा ८ करोड २० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो।

कहाँ पाइन्छ अवेदन फारम ?

बचतपत्र खरिद गर्न चाहनेहरुले बचतपत्र बिक्री एजेन्ट कहाँ गई निशुल्करुपमा आवेन फारम प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । साथै, नेपाल राष्ट्र बैंकको www.nrb.org.np अन्तर्गतPublic Debt भित्र Foreign Employment Saving Bond नामको फोल्डरबाट डाउनलोड पनि गर्न सकिने छ ।

कहाँ बुझाउने ?

प्रभु बैंक, प्रभु मनि टान्सफर, आइएमइ, सिटी एक्सप्रेस मनि टान्सफर, सेञ्चुरी बैंक, सानिमा बैंक, सनराइज बैंक र सेवा रेमिटका प्रतिनिधि कार्यालय एवं एजेन्टकहाँ बचतपत्रको आवेदन दिन सकिने छ ।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०८:२३