एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १५ दशमलव ४५ प्रति इकाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १५ दशमलव ४५ प्रति इकाई



काठमाडौं । एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य चैत्र महिना १५ दशमलव ४५ प्रति इकाई रहेको छ जबकी अघिल्लो महिनाको अवधि भन्दा १ दशमलव २८ प्रति इकाईले बढी हो । गत अघिल्लो महिनामा १४ दशमलव १७ प्रति इकाई रहेको थियो ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ ले ८० करोड ९५ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ७३ करोड ३९ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा १ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को आम्दानीमा १० दशमलव ३८ प्रतिशतले बढेर ९ करोड ६ लाख रुपैयाँ पुगेको छ । भने अघिल्लो महिनामा ८ करोड २१ लाख रुपैयाँ कमाएकोे थियो । त्यस्तै खर्चमा १८ दशमलव ७५ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ पुगको छ भने अघिल्लो महिनामा १ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी सेञ्चुरी कर्मर्सियल बैंकको ३४ हजार ३ सय ७२ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी छिमेकी लघुवित्त विकास बैंकको २० हजार ८ सय ६० कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी अरुण भ्याली हाइडोपावर कम्पनीको १४ हजार ५ सय ५६ कित्ता, इन्स्योरेन्समा सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीको ११ हजार ६ सय १२ कित्ता र फाइनान्समा भक्तपुर फाइनान्स कम्पनीको ८ हजार ५ सय २७ कित्ता रहेका छन् ।

प्रकाशित : ७ बैशाख २०७३, मंगलवार ०८:३८