राष्ट्रिय ध्वजावाहक सेतो हात्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय ध्वजावाहक सेतो हात्ती



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ ।

निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोर्डन आर्क’ एम्ए-६० ले एक वर्ष र १८ सिटे वाई १२-ई जहाजले ९ महिनामा जति आम्दानीको तीन गुणा भन्दा बढी सञ्चालन खर्च गराएको तथ्य सार्वजनिक भएको आजको नागरिक दैनिकमा समाचार छ ।

२०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए-६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै वाई १२-ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म ९ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । यही एक वर्षमा एमए-६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ र १२-ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ ।

प्रकाशित : ८ बैशाख २०७३, बुधबार ०३:१२