अरनिको डेभलपमेन्ट बैंकको खुद मुनाफा ५९ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरनिको डेभलपमेन्ट बैंकको खुद मुनाफा ५९ प्रतिशतले वृद्धि



काठमाडौ। २५ करोड रुपैयाँ चुक्ता पुँजी भएको अरनिको डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा ५९ दशमलव ०९ प्रतिशतले वृद्धि गरी ३ करोड ५८ लाख रुपैयाँ कमाउन सफल भएको भने गत वर्षको सोहि अवधिमा २ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले ६ करोड ५१ लाख रुपैयाँ जगेडाकोषमा राखिएको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ५४ दशमलव २० प्रतिशतले वृद्धि गरी १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ११ दशमलव ८६ प्रतिशतले बढेर ६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ८ दशमलव ३३ प्रतिशतले बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बैंकले ३ करोड ४५ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ भने २ करोड ६७ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ५६ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक १४ दशमलव ३८ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव २७ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा १ दशमलव ८४ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १६ दशमलव ४३ प्रतिशत रहेको छ ।

प्रकाशित : ८ बैशाख २०७३, बुधबार ०६:३३