मितेरी डेभलपमेन्ट बैंकले बढायो ४२ प्रतिशतले खुद मुनाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मितेरी डेभलपमेन्ट बैंकले बढायो ४२ प्रतिशतले खुद मुनाफा



काठमाडौ  । चालु आवको तेस्रो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंकले खुद मुनाफा गत वर्षको तुलना भन्दा ४२ दशमलव २२ प्रतिशत वृद्धि गरी ६ करोड ४७ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ४ करोड ५२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२१ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजीको बैंकले तेस्रो त्रैमासमा १० करोड ७६ लाख रुपैयाँ जगेडाकोषमा जम्मा गरिएको छ । बैंकले निक्षेपमा गत वर्षको तुलना ४१ दशमलव २६ प्रतिशत वृद्धि गरी २ अर्ब ४ करोड ७८ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ लगानी गरिएको छ । जुन गत वर्षको तुलनाभन्दा ४० दशमलव ४२ प्रतिशतले वृद्धि हो ।

बैंकको खुद व्याज आम्दानीमा गत वर्षको तुलनाभन्दा ४५ दशमलव ९४ प्रतिशतले वृद्धि गरी १० करोड ८३ लाख रुपैयाँ कमाएको छ  भने सञ्चालन मुनाफामा ४२ दशमलव ८५ प्रतिशत वृद्धि गरी १० करोड ९ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले प्रोभिजनमा ६१ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ४० दशमलव ८६ रुपैयाँ रहेको छ भने मुल्या आम्दानीको अनुपात १५ दशमलव ०५ गुण रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ५० दशमलव ९३ रुपैयाँ रहेको छ भने तरलता अनुपात २३ दशमलव ६७ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव ३६ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १५ दशमलव ५६ प्रतिशत रहेको छ ।

प्रकाशित : ८ बैशाख २०७३, बुधबार ०६:३५