मनकामना केवलकार आइतबारदेखि संचालनमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मनकामना केवलकार आइतबारदेखि संचालनमा आउने



काठमाडौं । मनकामना केवलकार आइतबारदेखि व्यवसायिक रुपमा संचालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिको बुधवार बसेको संचालक समिति बैठकले आइतबारदेखि संचालन गर्ने निर्णय गरेको हो ।
भूकम्पपछि विस्तारै जीवन सामान्य बन्दै गएकोले हामीले केवलकार खोल्ने निर्णय गरेको कम्पनीले जनाएको छ । वैशाख १२ गतेको भूकम्पपछि १५ दिन राहत सामाग्री मात्रै ओसारेको थियो । वैशाख २७ गते केवलकार सुचारु भएको थियो । फेरी वैशाख २९ गते अर्को भूकम्प आएपछि कम्पनीले ‘नर्मल’ नभई नखोल्ने निर्णय गरेको थियो । १६ वर्ष अघि संचालनमा आएको केवलकारमा दैनिक तीन हजारले यात्रा गर्थे ।

प्रकाशित : २० जेष्ठ २०७२, बुधबार १२:०३