अहिले कोरोना बिरुद्ध रामवाण चलाउने समय हो ओलि ज्यु ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विचार

अहिले कोरोना बिरुद्ध रामवाण चलाउने समय हो ओलि ज्यु !



बैकुण्ठ दाहाल

छ महिना देखि हामि सम्पूर्ण नेपालिलगायत बिस्व नै कोरोना भाईरस अर्थात् कोभिड१९ को सङ्कर्मड का वाबजुद आ आफ्नो काम धन्दालाई थाति राखेर घर घरमा बन्दि जिबन बिताउन बाध्य भएका छौ ।

विश्वका कुना कुना देखि नेपाललाई समेत आक्रान्त बनाईरहेको यस कोरोना भाईरसले बिस्वका धनाड्य मुलुकहरुलाई समेत हावा कावा बनाईरहेको सन्दर्भ मा यसले हामीलाई पनि निकै अप्ठ्यारोमा पारिसकेको छ र अझै यसले कुन रुप लिने र के कति क्षति गर्छ भन्ने अनुमान लगाउन सक्ने अवस्था छैन ।

लेखक- बैकुण्ठ दाहाल

यो रोग हाम्रोजस्तो देशमा मात्रा नभै बिस्वमा नै नयाँ भएको र यसको अौषधि समेत बनि नसकेको अवस्थामा बिस्व सगै हामि पनि भयभित नै छौ । तर हाम्रो सरकार भने कोरोना भाईरस नियन्त्रणमा भन्दा पनि बढि आ आफै घर झगडामा होमिएका ले जनता पर्तिको जवाफदेहिता निर्बाह गर्न चुकेको जगजाहेरै छ । देश माहामारिमा फसेर जनतालाई आच्छु आच्छु बनाईरहेको समयमा सरकार भने कानमा कपास कोचेर कुर्सि जोगाउन मात्रै भौतारिएको देखेर जनता दिक्क बनिरहेका छन् ।

अहिले कोरोना बिरुद्ध रामबाण चलाउनु पर्ने र गरिखान नपाएका जनताको चुलो बाल्न लाग्नु पर्ने सरकार कासि जानि कुत्तिको बाटो भनेजस्तै गरिरहेको छ । दैनिक काम गरेर चुलो बाल्नु पर्ने लाखौ जनता यता भोकले ग्रस्त छन् उता आ आफ्नो पेशा ब्यापार ब्याबसाय गरि राज्य लाई कर भ्याट र राजस्व तिरि देशलाई समृद्धि मा पुर्याउन होस्टेमा हैसे गरिरहेका लाखौ नेपालि हरु समेत अहिले अप्ठ्यारोमा परिसकेका छन् ।

यीनका दैनिक चढ्ने घरभाडा ऋणको भार त्यसको ब्याज अनि करको दाहित्वको सन्दर्भ मा सरकार किन मौन छ ? के यि सबै गरिखाने वर्गको अभिभाबक अाखिर सरकार नै होइन र ? के उसक‍ो दाहित्व आम जनता पर्ति छैन र के उसको दाहित्व बालुवाटार र सिहदरवार वरिपरि फन् फनि फन्को मार्ने हन्मान र नारद जिहरु को मात्रै हो र ?

आखिर सरकार किन यति निर्लज्ज छ उसलाई जनताको काम गर्न कस्ले छेकिरहेछ ? उसलाई जनताको दिलमा गड्न कस्ने नेपाल बन्द गरेको छ न रत्नपार्क को रेलिङनै भाच्न कोहि पुगेको छ अखिर किन जनताको हितमा काम गर्न बाट पछि हट्दै छ त वलि सरकार ? जनताको बहुमतले उन्मत्त भएको मत्ता हात्ती जस्तो बलियो सरकार आज किन जनपृय काम गर्नबाट बिचलन हुदैछ त पर्स्न माथि पर्स्न उठिरहेको बेला सरकारले जवाफ दिने दुस्साहस समेत गर्न सकेको छैन ।

जनताको मन जितेर बर्षौ सम्म सासन जमाउन तल्लिन हुनु पर्ने यति बलियो सरकार किन ईतिहाँसकै नालायक साबिद हुदैछ जनजनले जान्न चाहिरहेका छन् । कमजोर पर्तिपक्षिको फायदा उठाउदै जनताको सेवामा भरमग्दुर लागि जनताबाट तालिको गड्गडाहट पाउनु पर्ने सरकार अाज किन बालुवाटार र सिहदरवार मा मात्रै सिमित छ त ? काम गर्ने ईच्छा शक्ति कम छ भने के पि बलि ले तत्कालै सरकार युवा पुस्ता लाई सम्पिनु पर्छ ।

८४ पुजा गर्ने उमेर सम्म पनि सत्तामै रहिरहने भुत ले कुनै पनि ब्यक्तिले देशलाई अाफ्नो मनमौजि ले चलाउछु भन्ने सपना अब कुनै पनि नेताले नदेख्दा हुन्छ । देश चलाउन अव युबा पुस्तालाई दिनु को बिकल्प छैन जनताको करबाट तर चाट्न पल्किएका पाल्तु नेताहरुबाट अब जनताले राहात पाउने छाट देखिदैन त्यसैले पनि यि राजनितिमा लागका बृद्धअबश्था भैसकेका हाम्रा आदरणिय नेताहरूलाई घरमै बसि बृद्दभत्ता खान सुझाउ दिनु पर्छ यिनलाई सत्ता है भत्ता दिएर बिदा गरौ अनि त्यो कार्यकारि भुमिका मा युवापिढिलाई जिम्मेवारी दिदा देशले कोल्टे फेर्न सक्छ ।

यहाँ त बाचुन्जेल सत्तामै लिप्सिई रहने अनि मर्ने बेलामा भर्ष्टाचारको केसमा जेलमा सड्न समेत राजिहुने पर्वृद्दि हाबि हुदै गरेको स्पस्ट देखिन्छ । आखिरमा देश र जनता पर्ति बफादार राजनितिज्ञको अहिले खडेरि परिरहेको घाम झै छर्लङ्ग छ यति हुदा हुदै पनि नेताहरुले बेलैमा सोचेनन् भने फेरि पनि जनता उठ्ने छन् र यि सबैलाई धुलिपिठ पार्ने छन् कामना गरौ यो दिन न आवस् ।

प्रकाशित विचार, विश्लेषण हाम्रा आधिकारिक धारणा नभई लेखक निजीका हुन् ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार १७:४९