गरिमा र सुभेच्छा विकास बैंक एकआपसमा गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा र सुभेच्छा विकास बैंक एकआपसमा गाभिने



Bankकाठमाडौं । गरिमा विकास बैंक र सुभेच्छा विकास बैंक एकआपसमा गाभिने भएका छन् । दुवै बैंक एकआपसमा गाभिने भएसँगै बिहीबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल राष्ट्र बैंकको पुँजी बृद्धि योजना अनुसार राष्ट्रियस्तरको गरिमा र तीन जिल्ले सुभेच्छा बैंक गाभिन लागेका हुन् । मर्जरमा जान सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक पुगेपछि यी दुवै कम्पनीको शेयर कारोबार रोकिएको छ ।

पोखरामा मुख्य कार्यालय रहेको गरिमा विकास बैंकको चुक्ता पुँजी ८५ करोड ३२ लाख रुपैयाँ छ भने  चितवनको सुभेच्छा विकास बैंकको २२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

मर्जर पश्चात बन्ने बैंक पनि गरिमाकै नामबाट संचालनमा आउने छ । राष्ट्र बैंकको प्रावधान अनुसार आव २०७४ सालसम्ममा राष्ट्रियस्तरको विकास बैंकले २ अर्ब चुक्ता पूँजी र्पुयाउनु पर्नेछ ।

प्रकाशित : ९ बैशाख २०७३, बिहीबार ०८:३६