शुल्क फिर्ता गर्न विद्यार्थी संगठनको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शुल्क फिर्ता गर्न विद्यार्थी संगठनको माग



काठमाडाै । नयाँ शैक्षिक सत्रदेखि निजी विद्यालयहरुले बढाएको शुल्क तत्काल रोक्न विद्यार्थी संगठनहरुले सरकारसंग आग्रह गरेका छन् ।

बिहीबार ११ विद्यार्थी संगठनहरुको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालय धोविधारामा बसेको संयुक्त बैठकले निजी विद्यालयहरुले बढाएको शुल्क तत्काल रोक्न सरकारसँंग आग्रह गरेका हुन् ।

निजी विद्यालयहरुले यसै शैक्षिक सत्रदेखि ३० प्रतिशत शुल्क बृद्धि गरेका छन् । बैठकपछि विद्यार्थी नेताहरुले विद्यालयहरुले बढाएको शुल्क तत्काल रोक्न आग्रह गरिएको जानकारी दिए । बृद्धि शुल्क तत्काल रोकी बैज्ञानिक तरिकाले शुल्क निर्धारण गर्नुपर्ने उनीहरुको माग छ । सरकारले तत्काल बृद्धि शुल्क नरोके आन्दोलनको चेतावनी पनि विद्यार्थी संगठनले दिएका छन् ।

उनीहरुले गतबर्ष विद्यार्थी संगठनसँंग भएको १० बुँदे सहमति पनि कडाईका साथ लागु गर्न आग्रह गरेका छन् ।

यस्तै संयुक्त बैठकले स्वबियु निर्वाचन तत्कालै सम्पन गराउनका लागि सबै संगठनका अध्यक्ष तहमा छलफल गरी सहमति जुटाउने पनि निर्णय गरेको छ । विद्यार्थी संगठनबीच २८ वर्षे उमेर हदबन्दीका बिषयमा मतभेद छ । बैठकले मुलुकमा ब्याप्त कालोबजारी तत्काल अन्त गर्न पनि सरकारलाई अपिल गर्ने निर्णय गरेको छ ।

सरकारले तत्काल कालोबजारी रोक्न नसके त्यसका विरुद्ध आन्दोलनका कायक्रम सार्वजनिक गर्ने विद्यार्थीेले चेतावनि दिएका छन । आजसम्म नेपाल सरकार लगायत सरोकारवाला निकाय र विद्यार्थी संगठन बीच भएका सबै सहमति लागू गराउन जिम्मवार बन्न पनि उनीहरुले आग्रह गरेका छन् ।

प्रकाशित : ९ बैशाख २०७३, बिहीबार ११:०२