नेपाल बंगलादेश बैंकले तेश्रो त्रैमासमा ७० करोड ४ लाख रुपैयाँ खूद नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बंगलादेश बैंकले तेश्रो त्रैमासमा ७० करोड ४ लाख रुपैयाँ खूद नाफा कमायो



1461666263NB-Bankकाठमाडाै । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७० करोड ४ लाख रुपैयाँ खूद नाफा कमाएको छ ।

बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ३० लाख मात्र नाफा रहेकोमा यो वर्ष १९ करोड नाफा बढेको हो ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा समेत सुधार गरेको छ । ३५ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ३३ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले ९७ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७६ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले खराब कर्जा अनुपातमा पनि सुधार गरेको छ । गत आ.ब.को यो अवधिमा १ दशमलव ९३ प्रतिशत खराब कर्जा अनुपात भएकोमा चालु आ.ब.मा चाहि १ दशमलव ६३ प्रतिशत मात्र रहेको छ ।

चालु आ.ब.को तेश्रो त्रैमास अवधिमा बैंकको प्रतिसेयर नेटवर्थमा भने ६ रुपैयाँले कमी आएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ रहेको छ । यसको प्रतिकित्ता सेयर मूल्य ६ सय ३५ रुपैयाँ छ ।

बैंकको चुक्त पुँजी ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा दुई अर्ब ५५ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : १४ बैशाख २०७३, मंगलवार १२:१७