मेगा बैंक र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकले एकीकृत कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंक र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकले एकीकृत कारोबार शुरु



काठमाडौं  । मेगा बैंक र पश्चिमाञ्चल डेभलपमेन्ट  बैंकले एकीकृत कारोबार शुरु गरेका छन् । रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग औपचारिक रूपमा गाभिएर संयुक्त कारोबार सुरु भएको हो ।

सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिंदै आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने विश्वास व्यक्त गरेको बैंकले जनाएको छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगामा गाभेर संयुक्त कारोबार सुरु गरेको बताए । उनले मेगा बैंकको सेयरको मूल्य प्रतिकित्ता १०४ रुपैयाँ २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैयाँमा आदानप्रदान गर्ने निर्धारण भएको समेत जानकारी दिए ।

मर्जरपछि मेगा बैंकको चुक्ता पुँजी ३ अर्ब २४ करोड, ३१ अर्ब निक्षेप, कर्जा २५ अर्ब ५ करोड हुने बैंकले जनाएको छ ।

प्रकाशित : १५ बैशाख २०७३, बुधबार ०५:२८