एनएमबी बैंकको कर्पोरेट क्यामपेयन शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबी बैंकको कर्पोरेट क्यामपेयन शुरु



काठमाडौं । “आत्मनिर्भर नेपालको साथमा एनएमबी बैंक” भन्ने नारा सहित एनएमबी बैंकले आफ्नो कर्पोरेट क्यामपेयन शुरु गरेको छ ।

आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैंकले पुर्याएको योगदानको कदर तथा विनाशकारी महाभुकम्प, नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको असरबाट आत्मनिर्भरताको सकारात्मक उर्जाको प्रचारप्रसार गर्न क्यामपेयनको आयोजना गरिएको बैंकले जनाएको छ ।

1655768540_1461756378

बैंकले नेपाललाई आत्मनिर्भर, आर्थिक समृद्धि एंव देशको विकासको लागि कृषि, सौर्यउर्जा, साना तथा मझौला उद्योग, रिटेल तथा अन्य विपन्न क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकले ६९ शाखा, ४८ एटीएम काउन्टर तथा ७ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंक तथा वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १५ बैशाख २०७३, बुधबार १४:३०