२ महिनाभित्र विकास खर्च ८० प्रतिशत र्पुयाउन प्रधानमन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ महिनाभित्र विकास खर्च ८० प्रतिशत र्पुयाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अबको २ महिनाभित्र पुँजीगत खर्च ८० प्रतिशत र्पुयाउन सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्षको ९ महिना अर्थात चैतसम्म जम्मा १८ प्रतिशत मात्र खर्च हुनुको जवाफ माग्दै ओलीले अबको २ महिनामा पुँजीगत खर्च ८० प्रतिशत र्पुयाउन निर्देशन दिएका हुन् ।

kpशनिबार प्रधानमन्त्री कार्यालयमा आयोजित मुख्य सचिव सहित सबै मन्त्रालयका सचिवहरुको बैठकमा उनले अहिलेसम्म जम्मा १८ प्रतिशत मात्र पुँजीगत खर्च हुनुको कारण के हो भनी प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीले जसरी भएपनि ८० प्रतिशत बजेट खर्च हुनुपर्ने भन्दै त्यसका लागि के अप्ठेरो पर्छ आफुलाई भन्न आग्रह गरेका छन् ।

’यतिन्जेल जे जति खर्च भयो त्यो एकदमै कम हो,  अबको २ महिनाभित्र एनिहाउ ८० प्रतिशत बजेट खर्च हुनुर्पयो त्यसमा मेरो के सहयोग चाहिन्छ भन्नुस् प्रधानमन्त्रीले बैठकमा भनेको कुरा उधृत गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव प्रेमकुमार राईले भने ।

जवाफमा सचिवहरुले नाकाबन्दी, इन्धन अभाव जस्ता कारणले बजेट खर्च हुन नसकेको जवाफ दिएका थिए । उनीहरुले इन्धन आवश्यक पर्ने आयोजनाको काम नै सुरु गर्न नपाएको,  कतिपय कामहरु अन्तर मन्त्रालय समझदारी नहुँदा (क्रस कटिङ) हुन नसकेको बताएका थिए ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले भने ’साथीहरुले नाकाबन्दी, इन्धन अभाव, क्रस कटिङ जस्ता कारणले खर्च हुन नसकेको बताउनुभयो।’

 

प्रकाशित : १८ बैशाख २०७३, शनिबार १४:५६