चितवनको टाईगरल्याड सफारी रिसोर्टमा सीजी होल्डिङ्सको स्वामित्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चितवनको टाईगरल्याड सफारी रिसोर्टमा सीजी होल्डिङ्सको स्वामित्व



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी होल्डिङ्सले चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाईगरल्यान्ड सफारी रिसोर्ट एन्ड लज आफ्नो स्वामित्वमा लिएर सञ्चालन सुरु गरेको  छ । जगतपुरको ३५ कटेज रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज र प्रसिद्ध राप्ति नदी नजिकै रहेको ८ बिघा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय हुँदै आएको छ ।

स्वामित्व हस्तान्तरणको हस्ताक्षर कार्यक्रममा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीले आफूहरूले पर्यटन र अतिथि सत्कारको क्षेत्रमा लगानीको शुभारम्भ गरेका बताए । आगामी दिनमा पर्यटन क्षेत्रमा आफूहरू अझ सशक्त भएर आउन उनले बताए । “उत्कृष्ट सेवा र सुविधाका साथ अथितिहरूलाई जंगल बसाइको रोमाञ्चक अनुभव गराउने हाम्रो प्रयास हो,” चौधरीले भने, “वातावरण संरक्षण गर्न टाइगरल्यान्डमा भएको सम्पूर्ण क्षेत्रफलको ८० प्रतिशत भूभाग प्राकृतिक रुपमै छाडिएको छ ।”

सीजी होल्डिङ्सले काठमाडौंको त्रिपुरेश्वरमा मध्यमस्तरीय पूर्ण सुविधायुक्त बिजनेस होटल, बूढानीलकण्ठमा उच्चस्तरीय वेलनेस रिट्रिट र झम्सीखेलमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपद्वारा सञ्चालित अन्तरराष्ट्रिय स्तरको होलिडे इन ५ तारे होटलसमेत सञ्चालनको योजना रहेको जनाइएको छ ।

प्रकाशित : १८ बैशाख २०७३, शनिबार १४:५८