सहकारीको राष्ट्रिय कार्यशाला गोष्ठी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीको राष्ट्रिय कार्यशाला गोष्ठी हुने



Workshopकाठमाडौ । राष्ट्रिय सहकारी संघ र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा सहकारी संघ\ सस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन बिषयक राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ । जिल्लास्तरीय संघहरुको सम्भाव्य व्यवसायको खोजि गर्ने सहकारीमा शुसासन कायम गर्ने, प्रारम्भिक जिल्ला र केन्द्रिय राष्ट्रिय संघको सम्बन्धलाई सुदृढ गराउने उद्देश्यका साथ गोठी आयोजना गर्न लागिएको राष्ट्रिय सहकारी संघले जानकारी दिएको छ । बैशाख २२ र २३ गते सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । कार्यक्रममा सहकारी क्षेत्रसंग सरोकार राख्ने झन्डै ३सय ५० जनाको सहभागिता रहने संघले जनाएको छ । कार्यक्रममा सहकारी क्षेत्रको विकास र व्यवसायमा देखिएको चुनौती लगाएतका कार्यपत्र प्रस्तुत हुने संघले जानकारी दिएको छ ।

प्रकाशित : १९ बैशाख २०७३, आईतवार १०:४८