प्रोग्रेसिभ फाइनान्सको मुनाफा ४२ दशमलव २५ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रोग्रेसिभ फाइनान्सको मुनाफा ४२ दशमलव २५ प्रतिशत



761163313_1462185502काठमाडौं । २० करोड १ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी भएको प्रोग्रेसिभ फाइनान्सले गत बर्षको तुलनामा चालु आवको तेस्रो त्रैमासमा ४२ दशमलव २५ प्रतिशतले मुनाफा कमाएको छ । यो बर्षको ९ महिना सम्ममा संस्थाले २ करोड ६० लाख ७१ हजार रुपैंया खुद नाफा कमाएको छ भने गत फाईनासले १ करोड ८३  लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

फाइनान्सले ७ लाख ३६ हजार रुपैयाँ जगेडाकोषमा राखिएको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३८ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ३७ करोड १२ लाख ३९ हजार रुपैयाँ संकलन गरी कर्जामा ३९  करोड ६९ लाख ४८ हजार  रुपैयाँ लगानी गरेको छ । फाइनान्सले खुद व्याज आम्दानीमा १६ दशमलव ३४   प्रतिशतले घटेर ३ करोड १८ लाख ८१ हजार  रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ६६ दशमलव ५३   प्रतिशतले घटेर  ४२ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सले प्रतिशेयर आम्दानी वार्षिक १३  दशमलव ०२ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक ११ दशमलव ४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १  सय दशमलव ३७ रुपैयाँ रहेको छ । फाइनान्सले निस्कृय कर्जा १ दशमलव ८९ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ४४ दशमलव २० प्रतिशत रहेको छ ।

प्रकाशित : २० बैशाख २०७३, सोमबार १४:३५