अब घरमै बसेर बिमा पोलिसी किन्ने सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब घरमै बसेर बिमा पोलिसी किन्ने सुविधा



poliकाठमाडाै । नेपालको पहिलो अनलाईन बीमा पोर्टल ebeema.com सञ्चालनमा आएको छ । प्रयोगकर्ताहरुलाई धेरै बीमा सेवा प्रदायक कम्पनीहरुका बीमा पोलिसीहरुको बारेमा विस्तृतमा जानकारी दिने ebeema.com ले फरकफरक कम्पनीका बीमा पोलिसीबीच तुलना गर्न र आफूलाई आवश्यक पोलिसी किन्न सघाउ पु¥याउँछ । नेपालमा यस्तो प्रकारको अनलाईन बीमा सुविधा पहिलो पटक सञ्चालनमा आएको हो ।

ebeema.com मा ग्राहकहरुको पोलिसी ट्रयाकिङ गर्ने, पोलिसीको अवधि सकिन लागेमा सूचना प्राप्त गर्ने र भौतिक सर्वेक्षण, मेडिकल परीक्षण तथा बीमा दाबीको समय लालिकीकरण गर्ने जस्ता सुविधा उपलब्ध छन् । ebeema.com ले अब बीमा पोलिसीको खरीदलाई सरल, झञ्झटरहित र छिटो बनाइदिएको छ जसले ग्राहकहरुलाई विभिन्न ठाउँमा धाउनुपर्ने तथा अनावश्यक समय, खर्च र प्रक्रियामा अल्झिनुपर्ने समस्याबाट मुक्ति दिने छ ।

हाल ebeema.com मा आवास (अग्नि, भुकम्प तथा चोरीडकैति), कार, मोटरसाइकल, स्वास्थ्य, व्यक्तिगत दुर्घटना, भ्रमण र जीवन बीमाजस्ता प्रडक्टहरुको पोर्टफोलियो उपलब्ध छ । भदभझब ले हाल छ जीवन बीमा तथा छ निर्जीवन बीमा कम्पनीहरुसँग सहकार्य गरिरहेको छ ।

हाल नेपाली बीमा बजारमा कुनै पनि कम्पनी वा संस्थाले प्रयोगकर्ताहरुलाई अनलाइनमा बीमा पोलिसीहरुबारे बुझ्ने र किन्ने सुविधा दिएका छैनन् । बीमाको खरीदबिक्री बीमा कम्पनीका शाखा र एजेण्टहरुमै सीमित रहेको छ । त्यसैले होला नेपालको बीमा उद्योगको पूर्ण विकास हुन सकेको छैन भने बीमाको बजार मात्र ८ प्रतिशतमा विस्तार भएको छ ।

ebeema.com  ले बीमा पोलिसी खरीद कार्यलाई सजिलो र सबैको पहुँचमा पुग्ने बनाइदिएको छ जसले नेपालको बीमा उद्योगको विकासमा पनि महत्वपूर्ण योगदान दिने छ । गत वर्ष गएको महाभुकम्पले धेरै मानिसहरुमा बीमासम्बन्धी चासो बढाइदिएको अवस्थामा ebeema.com ले त्यसलाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : २० बैशाख २०७३, सोमबार १५:३७