उपप्रधानमन्त्री केसी भन्छन् ‘सहकारी ऐनमा मेरो स्वार्थ छैन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपप्रधानमन्त्री केसी भन्छन् ‘सहकारी ऐनमा मेरो स्वार्थ छैन’



coop1काठमाडौ ।  उपप्रधान एवंम सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी अभियान र सरकारका विवाद कारण नयाँ सहकारी ऐन पारित हुन नसकेको बताएका छन् ।
काठमाडौंमा बुधबारबाट शुरु भएको दुई दिने सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन राष्ट्रिय  कार्यशाला गोष्ठिको उद्घाटन समारोहमा उपप्रधानमन्त्री केसीले विवादकै कारण प्रस्तावित सहकारी ऐन चार महिना देखि मन्त्रीपरिषद्मा अड्किएको बताएका हुन् ।
ुसहकारी क्षेत्रमा विकृति ब्याप्त छ, त्यसलाई छलफल गरी समाधान गर्नुपर्छु, मन्त्री केसिले भने, ुसमस्या देखाएर अड्काउंदा कसैलाई फाइदा छैन ।ु उनले सहकारी ऐनमा आफ्नो कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रस्तावित ऐनमा सहमति छैन भने छलफलमार्फत समाधान गरेर सहकारी अभियानलाई गति दिनुपर्ने बताए । अर्थतन्त्रको तीन खम्बा मध्ये सहकारी पनि एक रहेकाले यस क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो । उनले सहकारीलाई नीजि स्तरबाटै प्रवद्र्धन गरी ग्रामिण क्षेत्रका जनताको जीवन स्तर माथी उठाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

coop2
पूर्व अर्थमन्त्री तथा एमाले सांसद भरतमोहन अधिकारीले सहकारीका माध्यमबाट मुलुकलाई आत्मनिर्भरताको दिशामा अगाडी बढाउनुपर्नेमा जोड दिए । सहकारीले कृषि उत्पादन, रोजगारी वृद्धिको क्षेत्रमा काम गर्नुपर्ने उनको भनाई थियो । सांसद अधिकारीले मुलुकलाई आत्मनिर्भर बनाउने क्षेत्रमा काम गर्ने कुन कुन ऐन नियममा देखिएको समस्यालाई समाधान गरी अघि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा राष्टिकारी संघका अध्यक्ष केशब वडालले केही सहकारीमा देखिको विकृतिलाई समग्र सहकारीमा जोड्न नहुने बताए । सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप संचालन हुन समेत निर्देशन दिएका छन् । केन्द्रीय संघ, जिल्ला संघ, विषयगत जिल्ला संघका अध्यक्षहरुलाई सहकारी सिद्धान्त, मुल्य र मान्यता अनुसार संचालन हुन सदस्य संस्था र अन्य संस्थालाई जोड दिनुपर्ने बताए । संस्थाहरु सहकारी सिद्धान्त, मुल्य र मान्यताअनुसार संचालन हुन सके सहकारी क्षेत्रमा कुनै समस्या नआउने उनले सुनाए ।

राष्ट्रिय  सहकारी विकास बोर्डका सहअध्यक्ष सरोज शर्माले सहकारी आन्दोनको समिक्षा गरी प्राप्त उपलब्धको समिक्षा गर्ने बेला आएको बताए । उनले आगामी बजेटमा सहकारी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा सांसद तथा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाईले ऐन नियम संशोधन गरी सहकारी क्षेत्रलाई व्यवस्थित ढंगले संचालन गर्नुपर्ने बताए ।
त्यसैगरी सांसद तथा नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख बालकृष्ण खाँडले सहकारीकर्मीले देखाएको दृढता, क्षमता प्रति मुल्याकंन गरी राज्य संचाकहरुले पाठ सिक्नुपर्ने धारणा राखे । उनले सहकारी क्षेत्रमा नीति नियम मात्र बनाएर नपुग्ने बताउँदै त्यसलाई व्यवहारमा लागू गर्न आग्रह गरे ।
सहकारी तथा गरीबी निवारण मन्त्रालय र राष्ट्रिय  सहकारी संघको संयुक्त आयोजनामा भएको कार्यशाला गोष्ठीमा देशभरका करिब ४ सय सहकारीकर्मीको उपस्थिति रहेको छ ।

प्रकाशित : २२ बैशाख २०७३, बुधबार १०:२४