बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन सुरक्षाको दोस्रो तह : गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन सुरक्षाको दोस्रो तह : गभर्नर



काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवि नेपालले बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन सुरक्षाको दोस्रो तह भएको बताएका छन् । उनले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले आयोजना गरेको “राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन २०१६” को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसंगको सहकार्यमा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले जोखिम व्यवस्थापन आजको परिवर्तित बैंकिङ्ग परिवेशमा पुरातन बैंकिङ्गको दैनिक कार्य मात्रन भई समस्या समाधानको लागि सुरक्षाको दोस्रो तह भएको बताए । यही कुरालाई मध्येनजर गरेर नेपाल राष्ट्र बैंकले विभिन्न समयमा जोखिम व्यवस्थापन निर्देशिका,अाइक्याप निर्देशिका, सूूचनाप्रविधि सम्बन्धी निर्देशिकाहरु जारी गरेको जानकारी दिए ।

प्रकाशित : २३ बैशाख २०७३, बिहीबार ०२:५२