सोसाइटी भिबोर मर्जरपछि चुक्ता पुँजी १ अर्ब ८१ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोसाइटी भिबोर मर्जरपछि चुक्ता पुँजी १ अर्ब ८१ करोड



society-dev-logoकाठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंकको मंगलबार सम्पन्न विशेष साधारण सभाले भिबोर विकास बैंकसँग मर्ज गर्ने प्रस्तावलाई पारित गरेको छ । साथै मर्जपछि बैंकको नाम भिबोर सोसाइटी डेभलपमेन्ट बैंक राख्ने प्रस्तावलाई समेत पारित गरेको छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपियाँ पुग्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि पछिल्लो समय धेरै विकास बैंकहरु मर्जमा छन् । सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदन सोसाइटी डेभलपमेन्ट बैंकको नेटवर्थ ९०.८३ रुपियाँ र भिबोर विकास बैंकको नेटवर्थ ८२.५७ रुपियाँ भएतापनि दुई संस्थाले १ः१ को अनुपातमा संस्था मर्जर गर्ने सहमति गरेका छन् । सोसाइटीको विशेष साधारण सभाले संस्थापक र साधारण शेयरधनीको अनुपातलाई ५१ः४९ गर्ने प्रस्ताव समेत पारित गरेको छ । हाल बैंकमा ६० प्रतिशत संस्थापत र ४० प्रतिशत साधारण शेयरधनी रहेका छन् ।
दुई संस्था मर्जर भएपछि शाखा सञ्चाल ४२ वटा, एउटा एक्टेन्सन काउन्टर र १२ वटा एटीएम मेसिन पुग्नेछ । त्यस्तै ११ अर्ब ८६ करोड ८८ लाख निक्षेप र ९ अर्ब ५४ करोड ७३ लाख रुपियाँ कर्जा विस्तार हुनेछ । मर्जरपछि संस्थाको कुल चुक्ता पुँजी १ अर्ब ८१ करोड ५० लाख रुपियाँ पुग्नेछ । सोसाइटी डेभलपमेन्ट बैंक वीरगञ्ज फाइनान्स र हिउचुली विकास बैंक मर्जर भएर बनेको संस्था हो भने भिबोर विकास बैंकमा भाजुरत्न फाइनान्स गाभिइसकेको छ । दुवै संस्थाका कर्मचारीहरुमा मर्जरको अनुभव रहेकाले आगामी दिनमा कार्यारम्भ गर्न कुनै बाधा नपर्ने विश्वास गर्न सकिन्छ ।

प्रकाशित : २३ बैशाख २०७३, बिहीबार ०३:१०