मिर्मिरे माईक्रोफाइनान्सको मुनाफा ३४ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिर्मिरे माईक्रोफाइनान्सको मुनाफा ३४ प्रतिशतले वृद्धि



102570174_1462425528काठमाडौं । २० करोड रुपैयाँ चुक्ता पुँजी भएको मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत बर्षको तुलनामा चालु आवको तेस्रो त्रैमासमा ३४ दशमलव १७  प्रतिशतले मुनाफा बढाएको छ । यो बर्षको ९ महिना सम्ममा संस्थाले ८० लाख ९८  हजार रुपैंया खुद नाफा कमाएको छ भने गत फाईनासले ६०  लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको थियो

बैंकले १ करोड ९१ लाख ७६ हजार रुपैयाँ जगेडाकोषमा राखिएको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ५२  दशमलव १८ प्रतिशतले वृद्धि गरी २७ करोड ४८ लाख ९४  हजार रुपैयाँ संकलन गरी कर्जामा ३२ करोड ९१ लाख ६७   हजार  रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ८५  दशमलव ७१  प्रतिशतले बढेर २ करोड ६३ लाख  रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ७८ दशमलव ८४  प्रतिशतले बढेर १ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ५३  दशमलव ९९ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक ४८ दशमलव १६   गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १  सय ९६ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा २  दशमलव २५ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ११ दशमलव ८१ प्रतिशत रहेको छ ।

प्रकाशित : २३ बैशाख २०७३, बिहीबार ०६:०७