स्वरोजगार कोषको करोडौंं डुब्ने खतरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वरोजगार कोषको करोडौंं डुब्ने खतरा



money2-390x293काठमाडौं ।  कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन् ।

कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन् । अनुगमन र कर्जा असुलीका लागि भरपर्ने निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका आजको कारोबार दैनिकमा समाचार छ ।

कोषले विपन्न तथा बेरोजगार युवालाई रोजगार  सिर्जना गर्न निश्चित समयका लागि बिना धितो ऋण दिने गरेको थियो । ऋण लिएको लामो समय बितिसक्दा पनि कर्जा बुझाउन नआउदाँ यहाँका कृषि बिकास बैंकलाई हैरानी भएको छ ।

जुम्लामा कर्जा र व्याज बुझाउन आउन आग्रह गर्दा पनि ऋण लिएकाहरुले अटेर गरेको कृषि विकास बैंक जुम्लाका कर्जा सहयक गोर्खबहादुर बुढाथापाले बताए ।

जुम्लामा ७२ जनालाई न्यूनतम ३० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म कर्जा दिइएको छ । अहिलेसम्म सावाँ त के मासिक रुपमा तिर्नुपनेए व्याज तिर्न समेत आएका छैनन् ।

प्रकाशित : २४ बैशाख २०७३, शुक्रबार ०२:३९