टोयोटाको इटिओस डिजेलकार बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टोयोटाको इटिओस डिजेलकार बजारमा



काठमाडौं । टोयोटाको इटिओस कारको डिजेल भर्सन बजारमा भित्रिएको छ । टोयोटा गाडीको नेपाली बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले सो गाडी नेपालमा भित्र्याएको हो ।

कम्पनीले यसअघि नै पेट्रोल इञ्जिन इटिओस क्रस बजारमा ल्याइसकेको छ ।

इटिओस क्रसले नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । नेपाली बजारमा डिजेल इञ्जिन कारको माग उच्च रहेकोले इटिओस डिजेल भर्सन भित्र्याइएको कम्पनीले जानकारी दिएको छ ।

डिजेल भर्सनको इटिओस क्रस १३ सय६४ सीसी इञ्जिन क्षमताको छ ।  रेल डिजेल इन्जेक्सन सिष्टम रहेको यसमा  ५ स्पीड म्यनुअल गियरबक्स छ ।  कारले राजमार्गमा २३.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

कारमा ५ जनाको सिट क्षमता छ ।  उच्च ग्राउन्ड क्लियरेन्स तथा १५ इञ्चको ट्युबलेस टायर भएको यो गाडी विशेषगरी लामो दूरीको यात्राका लागि उपयुक्त छ ।

यसमा  ४५ लिटरको इन्धन ट्याङ्की , २ सय ५१ लिटर क्षमताको डिक्की, मल्टिफंसन इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डो विथ ड्राइभर साईड अटो डाउनलगायत विशेषता छन् । त्यस्तै सुरक्षाका लागि इन्जिन इमोबिलाइजर, एयरब्याग्स, इम्प्याक्ट एब्जोर्बिङ बडि, रियर डिफोगर, सेन्ट्रल लकिङ सिष्टमलगायत विशेषता छन् ।

प्रकाशित : २१ जेष्ठ २०७२, बिहीबार १०:४८